Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > पृथ्वी राजमार्ग विस्तारमा बिजुली पोलले काममा बाधा

पृथ्वी राजमार्ग विस्तारमा बिजुली पोलले काममा बाधा

काठमाडौँ — पृथ्वी राजमार्ग विस्तारको काममा सडक छेउका बिजुलीका पोल मुख्य बाधक बनेका छन्। नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा झण्डै ५ सय पोलमध्ये करिब १०० पोल सार्न बाँकी रहेकाले काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने जिम्मेवारी ठेकेदारलाई दिएको भए पनि ढिलासुस्तीका कारण सडकको कालोपत्र र ग्राभेल कार्य प्रभावित भएको छ। आयोजनाका इन्जिनियरका अनुसार अलपत्र पोलले दुर्घटनाको जोखिम समेत बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *