काठमाडौं । नेकपा सांसद प्रमेशकुमार हमालले सरकारको नीति तथा कार्यक्रम स्पष्ट दृष्टिकोणविहीन रहेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा उनले सरकारका सार्वजनिक प्रतिबद्धता र नीति तथा कार्यक्रमबीच तालमेल नभएको बताए। ‘अवस्था परिवर्तन’को नारा व्यवहारमा नदेखिएको उनको भनाइ थियो।
हमालले नीति तथा कार्यक्रममा जनजीवन सुधार र सामाजिक–आर्थिक रूपान्तरणका ठोस योजना नदेखिएको भन्दै यसले अपेक्षित परिवर्तन सम्भव नहुने निष्कर्ष निकाले।


