Wednesday, March 18, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकाले भारतलाई धार्मिक स्वतन्त्रता उल्लंघनमा कडा कदम चाल्न सिफारिस

अमेरिकाले भारतलाई धार्मिक स्वतन्त्रता उल्लंघनमा कडा कदम चाल्न सिफारिस

काठमाडौं — अमेरिकी निकाय युएससीआइआरएफले भारतमा धार्मिक अल्पसंख्यकविरुद्ध हिंसा बढेको भन्दै अमेरिकी सरकारले भारतलाई कडा कदम चाल्न सिफारिस गरेको छ। प्रतिवेदनमा हिन्दू राष्ट्रवादी समूहद्वारा मुस्लिम र क्रिश्चियन समुदायमाथि हिंसा र सरकारी प्रतिकृया अपर्याप्त भएको उल्लेख छ।

सिफारिसअनुसार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लगायत संस्थाको सम्पत्ति फ्रिज गर्ने, सदस्यहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने र भारतलाई दिइँदै आएको हतियार बिक्री रोक्ने सुझाव समावेश छ। युएससीआइआरएफले भारतलाई “विशेष चिन्ताको देश”को सूचीमा राख्न पनि सिफारिस गरेको छ।

प्रतिवेदनले सन् २०२५ भर भारतमा धार्मिक अल्पसंख्यक, धार्मिक स्थल र शैक्षिक संस्थामाथि सरकारी नियन्त्रण र हिंसा बढेको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *