Wednesday, March 18, 2026
Home > आर्थिक समाचार > शेयर बजारमा सामान्य सुधार, कारोबार घट्यो

शेयर बजारमा सामान्य सुधार, कारोबार घट्यो

काठमाडौँ – अघिल्लो दिन घटेको शेयर बजार आज १३.५१ अङ्कले बढेर नेप्से २,८१२.३४ विन्दुमा पुगेको छ।

आज बैंकिङ लगायत केही सीमित समूह बढ्दा अधिकांश समूहमा गिरावट देखियो। १३२ कम्पनीको शेयर बढ्दा ११३ घटे भने १७ कम्पनी स्थिर रहे।

रिलाइन्स स्पिनिङ, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इनको शेयर १० प्रतिशतले उकालो लाग्दा एनआईसी एशिया ग्रोथ फन्ड–२ सबैभन्दा धेरै ४.७४ प्रतिशतले घट्यो।

नेप्से बढे पनि कारोबार रकम घटेर १२ अर्ब ३ करोड रुपैयाँमा सीमित भयो, जब कि हिजो १४ अर्ब ३२ करोडको कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *