रास्वपाका नेताहरूका अनुसार, समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले प्रमाणपत्र प्राप्त गरेपछि नयाँ प्रधानमन्त्री नियुक्त हुनसक्छ। चैत ५ गते सम्मतिका सांसदहरूले प्रमाणपत्र पाएपछि रास्वपा संसदमा बहुमतमा पुग्नेछ। निर्वाचन आयोगले सोमवार समानुपातिक तर्फको अन्तिम नतिजा घोषणा गरेपछि ११० जना सांसदलाई प्रमाणपत्र वितरण गर्यो। आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई चैत ५ गते प्रतिवेदन बुझाउने तयारी गरेको छ।


