Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > नारायणगढ–मुग्लिन सडकका ८ स्थान उच्च जोखिममा

नारायणगढ–मुग्लिन सडकका ८ स्थान उच्च जोखिममा

चितवन — नारायणगढ–मुग्लिन सडकखण्डका ४३ स्थान पहिरोको जोखिममा रहेको अध्ययनले देखाएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ८ स्थान उच्च जोखिममा, २२ स्थान मध्यम र १३ स्थान सामान्य जोखिममा छन्।

उच्च जोखिममा पर्ने स्थानहरूमा तुइन खोला (अति उच्च जोखिम), काली खोला, नाम्सी खोला, तुइन–चिसेन्जी बीचको क्षेत्र, चार किलोका दुई स्थान, मौरी खोला र सेती दोभान रहेका छन्। यी क्षेत्रमा ढुङ्गा झर्ने, लेदो बग्ने र पहिरो खस्ने समस्या बढी रहेको छ।

पहिरो नियन्त्रणका लागि तुइन, काली र नाम्सी खोलामा करिब २५ करोड रुपैयाँको योजना अघि बढाइएको छ भने अन्य जोखिमयुक्त स्थानका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएको छ। वर्षा सुरु हुनुअघि नै रोकथामका काम गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।

यो सडक दैनिक १० हजारभन्दा बढी सवारी चल्ने काठमाडौं जाने मुख्य मार्ग भएकाले जोखिम न्यूनीकरण अत्यावश्यक मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *