कैलाली — कैलारी गाउँपालिका–५ बजैपुरमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा सोमा सवार ६० वर्षीय कलसु चौधरी र ७० वर्षीया श्रीमती सेतानु चौधरीको मृत्यु भएको छ।
घटनामा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको छ। ट्रक चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


