काठमाडौँ — इरान सरकारले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी हत्या आरोपमा तीन प्रदर्शनकारीलाई फाँसी दिएको छ। रिपोर्ट अनुसार दुई प्रहरी अधिकारीको हत्या दोषमा उनीहरूलाई सजाय दिइएको हो।
त्यही प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट कम्तिमा ३,११७ प्रदर्शनकारी मारिएको पुष्टि भएको छ भने ह्युमन राइट्स एक्टिभिस्ट्सका अनुसार ६,८५४ जनाको मृत्यु भएको छ। ११,२८० भन्दा बढी घटनामा अनुसन्धान जारी छ।


