वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग दुई हप्ते युद्धविराम घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ।
इरानले स्ट्रेट अफ हर्मुज(हर्मुज जलडमरू) खुला गर्ने सहमतिसँगै लगानीकर्तामा सकारात्मक संकेत देखिएको हो। यससँगै पश्चिम टेक्सस मध्यवर्ती कच्चा तेलको मूल्य १६ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ९४.८५ डलरमा पुगेको छ, कारोबारका क्रममा ९१ डलरसम्म झरेको थियो।
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही जलमार्गबाट हुने भएकाले यसको अवरोध हट्ने अपेक्षाले बजारमा राहत आएको विश्लेषण गरिएको छ। यद्यपि, दीर्घकालीन स्थायित्वका लागि अझै कूटनीतिक सहमति आवश्यक रहेको विज्ञहरूको भनाइ छ।


