Friday, March 20, 2026
Home > राष्ट्रिय समाचार > नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ नयाँ मोटरसाइकल हस्तान्तरण, सेवा क्षमता बढाउने लक्ष्य

नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ नयाँ मोटरसाइकल हस्तान्तरण, सेवा क्षमता बढाउने लक्ष्य

काठमाडौँ — नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा नयाँ मोटरसाइकल हस्तान्तरण गरी सेवाको पहुँच र प्रतिक्रिया क्षमता बढाएको छ।

बोर्डका प्रमुख दीपकराज जोशीले मोटरसाइकलको साँचो पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई हस्तान्तरण गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले यसले पर्यटक सुरक्षा र सेवा प्रभावकारी बनाउने बताए।

पर्यटक प्रहरी प्रमुख डीएसपी कृष्णराज ओझा सहितका बोर्ड सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। नयाँ साधनले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रमा छिटो सेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *