Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > फेसबुकको ‘क्रिएटर फास्ट ट्र्याक’ कार्यक्रम घोषणा

फेसबुकको ‘क्रिएटर फास्ट ट्र्याक’ कार्यक्रम घोषणा

काठमाडौँ — फेसबुकले लोकप्रिय युट्युब र टिकटक क्रिएटरहरूलाई आकर्षित गर्न क्रिएटर फास्ट ट्र्याक कार्यक्रम ल्याउने तयारी गरेको छ।

कार्यक्रममा सहभागी हुन क्रिएटरसँग कम्तीमा एक लाख फलोअर्स हुनुपर्नेछ र तीन महिनासम्म भुक्तानी प्राप्त हुनेछ। सहभागीले मासिक करिब एक हजार डलर कमाउन सक्नेछन्, भने १० लाख फलोअर्स भएका क्रिएटरले ३ हजार डलरसम्म आम्दानी गर्न सक्नेछन्।

नयाँ कन्टेन्ट अनिवार्य छैन; पुरानो हिट कन्टेन्ट पनि प्राथमिकता पाउनेछ। फेसबुकले यसमार्फत क्रिएटरहरूलाई आफ्नो प्लेटफर्ममा ल्याउने र रिच बढाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *