काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति पौडेलले कठिन परिस्थितिमा सफल निर्वाचन सम्पन्न गरेकोमा आयोग र सम्बद्ध पक्षलाई धन्यवाद दिए र यसले लोकतन्त्र मजबुत भएको अनुभव व्यक्त गरे।


