Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > विदेश घुम्ने ठगी प्रकरणमा ७ जना पक्राउ

विदेश घुम्ने ठगी प्रकरणमा ७ जना पक्राउ

काठमाडौँ — ट्राभल एजेन्सी ‘श्रीटेल होलिडेज’ मार्फत विदेश घुम्ने भिसा प्याकेजको प्रलोभन देखाएर २ करोड ७२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना भारतीय र १ नेपाली नागरिक छन्।

आरोपीहरूले १७५ देशको घुम्ने प्याकेज देखाएर सर्वसाधारणलाई पैसा जम्मा गर्न लगाइ तर सेवामा नपुगाएको खुलेको छ। उक्त एजेन्सी सरकारले अनुमति नलिई सञ्चालन गरिएको थियो। प्रहरीका अनुसार ३२८ जना पीडितको उजुरी परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *