काभ्रेपलाञ्चोक, १४ वैशाख। शनिबार रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको डाइभर्सन सोमबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहकार्यमा मर्मत गरिएकाे डाइभर्सन मार्फत यातायात पुनः सञ्चालन भएको हो।
अस्थायी डाइभर्सनको माध्यमबाट चौकीडाँडा, घुमाउने, चारसय बेँसी लगायतका स्थानमा सवारी चलिरहेको छ।


