काठमाडौं — सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ता सबिता भण्डारी बरालको २ माघको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। यसअघि ३० पुसको मात्र निर्णय पेश भएको थियो। अदालतले अब इजलासमा रविको मुद्दा नहेर्नुपर्ने न्यायाधीश बाहेक अन्य इजलासमा मामला पेश गर्न निर्देशन दिएको छ। यसबाट सुनुवाइ केही दिन थप लम्बिने अपेक्षा गरिएको छ।


