Thursday, June 04, 2026
Home > राष्ट्रिय समाचार > सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन

सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता, कार्यकर्ता र सांसदहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न निर्देशन दिएको छ।

संसदीय दलको बैठकले मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा भीड नगर्न आग्रह गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

साथै, जनसम्पर्कका लागि हरेक दिन एक सांसद र एक केन्द्रीय सदस्य पार्टी कार्यालयमा रहने व्यवस्था पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *