दक्षिण कोरिया — एक कार पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता र २१ जना गम्भीर घाइते भएका छन्।
स्थानीय समयअनुसार दिउँसो करिब १ बजे भएको आगलागीमा कुल ४५ जना घाइते भएका छन्, जसमा २१ को अवस्था गम्भीर रहेको बताइएको छ।
अधिकारिहरूले उद्धार कार्य तीव्र बनाउन सबै जनशक्ति र उपकरण परिचालन गरेका छन्। आगलागीको कारण अहिलेसम्म खुलाइएको छैन।


