काठमाडौं — फ्यानी उटागुशिमानिन्दे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्।
नाइजेरियाको लागोसमा घानाविरुद्ध उनले ६५ बलमा नटआउट १११ रन बनाउँदै १५ वर्ष २२३ दिनमै कीर्तिमान कायम गरिन्।
यससँगै उनी डेब्यु खेलमै शतक बनाउने पहिलो खेलाडीसमेत बनेकी छन्। खेलमा रुवान्डाले घानालाई १२२ रनले पराजित गर्यो।


