काठमाडौं — आसिफ शेख को शानदार शतकको मद्दतमा एपीएफ क्लब ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बाग्मतीलाई ७१ रनले हराएको छ।
पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रन बनायो, जसमा आसिफले १०५ बलमा ११४ रनको योगदान दिए।
जवाफमा बाग्मती २०० रनमै समेटिँदा रोहित पौडेल र अभिषेक गौतमले ३–३ विकेट लिए।


