काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।
जर्ज मुन्सीले ७५ रनको अर्धशतकीय इनिङ खेले भने नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए।


