विराटनगर — कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा पुँजीगत बजेटको केवल १६.८ प्रतिशत मात्र खर्च गरेको छ।
१७ अर्बभन्दा बढी विकास बजेटमध्ये करिब २ अर्ब ८८ करोड मात्रै खर्च हुँदा बजेट फ्रिज हुने जोखिम बढेको छ। समग्र बजेट खर्च पनि २३.९ प्रतिशतमै सीमित छ।
विदुर लिंथेप का अनुसार आन्दोलन र निर्वाचनका कारण खर्च सुस्त भए पनि अब भुक्तानी बढ्दै जाने दाबी गरिएको छ।


