एजेन्सी — इरानसँग बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति ट्रम्प स्पष्ट ‘एक्जिट रणनीति’ बिना संकटमा परेको टिप्पणी गरिएको छ। पूर्व सीआईए प्रमुख पनेट्टाले युद्ध तीन हप्ता बितिसक्दा पनि अन्त्यको दिशा नदेखिएको बताएका छन्।
उनका अनुसार हर्मुज जलसन्धि अवरुद्ध हुँदा विश्व ऊर्जा आपूर्ति प्रभावित भई बजार अस्थिर बनेको छ। ट्रम्पले युद्धको लक्ष्यबारे मिश्रित सन्देश दिँदा आन्तरिक र अन्तर्राष्ट्रिय दबाब बढेको पनि उल्लेख गरिएको छ।
पनेट्टाले चेतावनी दिएका छन्— यदि जलसन्धि नखुले युद्ध लम्बिन सक्छ र त्यसले विश्व अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ।


