Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको अभियोग संशोधन मुद्दा ‘हेर्दाहेर्दै’मा

रवि लामिछानेको अभियोग संशोधन मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने रिट सुनुवाइ भोलि हुने भएको छ। महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नहुदा ‘हेर्दाहेर्दै’ मा भोलिका लागि राखिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेलाई सहकारी ठगीमात्र मुद्दा चलाउन निर्देशन दिएकी थिइन्। कास्की र रुपन्देही अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा विचाराधीन मुद्दाका कारण सुनुवाइ हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *