काठमाडौं — नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला १,६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेको छ।
यता चाँदीको मूल्य भने ८० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ।


