काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग हटाउने सविता भण्डारी को निर्णयविरुद्ध परेको रिट हिजो न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को इजलासमा नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
उक्त निर्णयविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका छन्। यसअघि अदालतले सम्बन्धित कागजात झिकाउन आदेश दिएको थियो।


