काठमाडौं – गगन थापा ले चर्चित सबै भ्रष्टाचार काण्डहरू निष्पक्ष रूपमा छानबिन गर्न माग गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले गिरीबन्धु, वाइडबडी र ललिता निवास प्रकरणसहित सबै मुद्दा अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए।
उनले शेरबहादुर देउवा निवासतर्फ संकेत गर्दै भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे पनि छानबिन हुनुपर्ने बताएका छन्। थापाले दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने र यसमा कांग्रेसको साथ रहने स्पष्ट पारे।


