बर्दिया को गुलरिया–११ मा हुलाकी सडक अवरुद्ध गर्दै गरिएको आन्दोलनका क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी र केही स्थानीय घाइते भएका छन्।
भारतीय सीमाबाट लागुऔषध भित्रिएको विरोधमा स्थानीयले सडक रोकेपछि स्थिति तनावपूर्ण बनेको हो। झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गरेको जनाएको छ।
घटनामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने प्रहरीका एक जवान गम्भीर घाइते भएका छन्। हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।


