Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इरानमा पक्राउ परेका अमृत झाको रिहाइका लागि परिवारको सरकारसँग गुहार

इरानमा पक्राउ परेका अमृत झाको रिहाइका लागि परिवारको सरकारसँग गुहार

अमृत झा इरानी सेनाको नियन्त्रणमा परेका छन्। उनी ब्ल्याक सी मरिन एलएलसीमा पानीजहाज चालकको रूपमा काम गर्दै थिए।

उदयपुरका उनका परिवारले परराष्ट्र मन्त्री बलानन्द शर्मा र सचिव अमृतबहादुर राईसँग भेटेर सुरक्षित र शीघ्र रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्।

परिवारले अमृतको स्वास्थ्य र सुरक्षाबारे जानकारी नपाएको बताउँदै कूटनीतिक माध्यमबाट तत्काल रिहाइ सुनिश्चित गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *