Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसद्वारा विपक्षी दलहरूको संयुक्त बैठक आह्वान

कांग्रेसद्वारा विपक्षी दलहरूको संयुक्त बैठक आह्वान

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले विपक्षी दलहरूको बैठक बोलाएको छ। सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएपछि बैठक आह्वान गरिएको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारमा बैठक बोलाएका हुन्। बैठकमा एमाले, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।

सरकारले संसद अधिवेशन रोक्दै अध्यादेश राष्ट्रपति समक्ष पठाएपछि राजनीतिक विवाद चुलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *