भदौ २३ गते नयाँ बानेश्वरमा जेनजी प्रदर्शनकारीमाथि गोली चलाउँदा २९ जनाको मृत्यु भएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले उक्त घटनाबारे छानबिन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ्गलाई ३ देखि १० वर्षको जेल सजायको सिफारिस गरेको छ। आयोगले उक्त गोलीकाण्डमा सेनाको भूमिका शङ्कास्पद रहेको र सिंहदरबारको संरचनाको रक्षा गर्दा चुकिएको ठहर गरेको छ।


