Friday, June 05, 2026
Home > मुख्य समाचार > चितवनमा जेनजी आन्दोलनमा प्रमुख दलका कार्यकर्ताको संलग्नता

चितवनमा जेनजी आन्दोलनमा प्रमुख दलका कार्यकर्ताको संलग्नता

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३–२४ को जेनजी आन्दोलनमा चितवनमा क्रियाशील प्रमुख राजनीतिक दलका नेता–कार्यकर्ताहरू तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदन अनुसार रास्वपा, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र विप्लव समूहका जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताले भीड नेतृत्व गरेका थिए। प्रदर्शनमा ५३ सरकारी कार्यालय, ७४ पालिका तथा वडा कार्यालय, ६ दलका कार्यालय, ५१ निजी भवन, सञ्चार संस्था, ८६ चारपांग्रे र १०६ दुईपांग्रे सवारी साधन क्षति भएका छन्।

आगोमा परी दुईजनाको मृत्यु भएको र चितवन कारागारबाट ७५० कैदीबन्दी फरार भएकोमा ६१४ मात्रै फर्केको प्रतिवेदनमा उल्लेख छ। क्षति मूल्यांकन अनुसार भौतिक सम्पत्ति १ अर्ब ६१ करोड रूपैयाँभन्दा बढी नष्ट भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *