काठमाडौं। नेपाल आयल निगमले ग्यासको पूरा सिलिण्डर बजारमा पठाउने विषयमा अहिलेसम्म कुनै छलफल वा निर्णय नभएको जनाएको छ। प्रवक्ता मनोज ठाकुरका अनुसार अहिले आधा सिलिण्डर मात्रै वितरण हुने छ।
इरान–इसरायल द्वन्द्वले अन्तर्राष्ट्रिय पेट्रोलियम मूल्य बढाइरहेको छ। निगमले घाटा व्यवस्थापनका लागि बुधबार राति पेट्रोल र डिजेलको मूल्य १५–१५ रूपैयाँ बढाएको छ। विशेषज्ञहरूले द्वन्द्व जारी रहँदा नेपालमा इन्धन मूल्य अझै महँगो हुने सम्भावना रहेको चेतावनी दिएका छन्।


