झन्डै दुई दशकपछि संसद्मा पुर्नमिलन भयो। पुष्पकमल दाहाल र रामबहादुर थापा बिहीबार सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ ग्रहण कार्यक्रममा एकै ठाउँमा देखिएका छन्।
प्रचण्ड र बादलले ०६४ सालमा पहिलो संविधानसभा सदस्यका रूपमा राजनीतिक यात्रा शुरू गरेका थिए। सशस्त्र द्वन्द्वका बेला एउटै पार्टीमा आबद्ध रहेका उनीहरू ०७८ सालको नेकपा विभाजनपछि फरक पार्टीमा गए पनि आज संसद्मा भेट भयो।
उनीहरूको यो भेटले नेपाली राजनीतिमा पुराना सहकार्य र ऐतिहासिक राजनीतिक यात्रा स्मरण गराएको छ।


