Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भीष्मराज आङदेम्बे बन्ने कांग्रेस संसदीय दलको नेता

भीष्मराज आङदेम्बे बन्ने कांग्रेस संसदीय दलको नेता

काठमाडौँ – नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री तथा समानुपातिक सांसद भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ। सर्वसम्मत चयन गर्ने तयारी भइसकेको हो र सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा पार्टीका अन्य शीर्ष नेताहरू यसमा सकारात्मक छन्।

अङदेम्बेले पार्टीभित्रको एकता र लिम्बू समुदायको प्रतिनिधित्वलाई जोड दिँदै दलको नेतृत्व सम्हाल्नेछन्। चुनावपछि भएको भेटवार्ताबाट सबै पक्षले समर्थन जनाएका कारण उनको चयन नजिक रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *