काठमाडौं — ई–बिडिङ प्रणाली ह्याक गरी ठेक्का हत्याउने संगठित अपराधमा २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
सीआईबीको अनुसन्धान अनुसार कम्प्युटर अपरेटर दिवाकर देउजासहितको समूहले ई–गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच बनाई बोलपत्रका विवरण परिवर्तन गर्ने, सस्तो दर देखाएर ठेक्का हात पार्ने र मिलेमतोमा रकम असुल्ने गरेको पाइएको छ।
उनीहरूले क्लाउड सर्भर र ब्याकडोर प्रयोग गरी प्रणाली ह्याक गरेको तथा क्रिप्टोमार्फत भुक्तानी लिएर नगदमा रूपान्तरण गरेको समेत देखिएको छ।
यस प्रकरणमा १३ जना पक्राउ परेका छन् भने बाँकी फरार छन्।


