काठमाडौं – प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मन्त्रालयहरु गाभेर कुल १६ मन्त्रालय कायम गरेको छ। रक्षा र उद्योग–व्यापार मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका छन् भने बाँकी १४ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्।
मुख्य मन्त्रालय पुनर्संरचना अनुसार:
युवा तथा खेलकुद मन्त्रालय शिक्षा, विज्ञान र प्रविधिमा समाहित – सस्मित पोखरेल जिम्मेवारी
खानेपानी मन्त्रालय स्वास्थ्यमा समाहित – निशा मेहता जिम्मेवारी
वन तथा वातावरण मन्त्रालय कृषि मन्त्रालयमा समाहित – गिता चौधरी जिम्मेवारी
भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासनमा समाहित – प्रतिभा रावल जिम्मेवारी


