धनगढी । नेपाली कांग्रेस कैलालीले केपी शर्मा ओली र रमेश लेखक को पक्राउप्रति विरोध जनाउँदै तत्काल रिहाइको माग गरेको छ।
सभापति नारायण दत्त भट्टले विज्ञप्ति जारी गर्दै प्रतिवेदन सार्वजनिक नगरी गरिएको पक्राउलाई गैरकानुनी र राजनीतिक प्रतिशोध प्रेरित कदम भनेका छन्।
कांग्रेसले निष्पक्ष छानबिन, पारदर्शिता र संवादमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ।


