Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पविरुद्ध अमेरिकाभर जनआक्रोश, हजारौं स्थानमा प्रदर्शन

ट्रम्पविरुद्ध अमेरिकाभर जनआक्रोश, हजारौं स्थानमा प्रदर्शन

काठमाडौं । डोनाल्ड ट्रम्प का नीतिविरुद्ध अमेरिकाभर ३ हजारभन्दा बढी स्थानमा विशाल प्रदर्शन भएका छन्। अध्यागमन नीति, युद्ध र महँगीका विषयलाई लिएर लाखौं मानिस सडकमा उत्रिएका हुन्।

वासिङ्टन डीसी, न्युयोर्क, लस एन्जलस लगायत सहरमा मानव सागर देखिएको छ भने मिनेसोटा को सेन्ट पल मुख्य केन्द्र बनेको छ।

प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनलाई निरंकुश भएको आरोप लगाएका छन् भने ह्वाइट हाउसले यी प्रदर्शनलाई खारेज गरेको छ। युरोपका शहरहरूमा पनि अमेरिकी नागरिकले ऐक्यबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *