काठमाडौँ । केपी शर्मा ओली को रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ।
पार्टीले ओली पक्राउको विरोधमा यो कदम चालेको हो। काठमाडौँमा माइतीघरबाट जुलुससहित प्रशासन कार्यालय पुग्ने तयारी गरिएको छ। यसअघि पनि समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए।
यसैबीच, पक्राउ प्रकरणबारे कानूनविदहरूसँग अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ।


