काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज अदालतमा उपस्थित गराइँदैछ। भदौ २३–२४ का घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका दुवै नेतालाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेश गर्न लागिएको हो।
ओली स्वास्थ्य समस्याका कारण अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन्। यसैबीच, ओलीको पक्राउविरुद्ध एमालेले देशभर प्रदर्शन जारी राखेको छ।


