Friday, June 05, 2026
Home > मुख्य समाचार > ब्रिज कोर्स बन्द गर्ने निर्णय पुनः सार्वजनिक

ब्रिज कोर्स बन्द गर्ने निर्णय पुनः सार्वजनिक

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले चौतर्फी दबाबपछि ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने सूचना पुनः सार्वजनिक गरेको छ।

यसअघि आइतबार जारी गरिएको सूचना सोमबार बिहान हटाइएको थियो। तर दिनभरि बढेको आलोचना र दबाबपछि सोमबार साँझ फेरि प्रकाशित गर्दै २०८३ वैशाख १ देखि यस्ता सबै कक्षा पूर्ण रूपमा बन्द गर्ने निर्णय दोहोर्याइएको हो।

मन्त्रालयले यस्ता कक्षाले विद्यार्थीमा मानसिक दबाब बढाउने, शिक्षामा असमानता सिर्जना गर्ने र अभिभावकमाथि आर्थिक भार थप्ने निष्कर्ष निकालेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *