काठमाडौं — नेकपा एमाले ले अध्यक्ष केपी शर्मा ओली पक्राउपछि उत्पन्न राजनीतिक अवस्थाबारे समीक्षा गर्न आज सचिवालय बैठक बस्दैछ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले आन्दोलन र आगामी रणनीतिबारे निर्णय गर्ने बताइएको छ। पक्राउपछि अस्वस्थ भएका ओली हाल त्रिवि शिक्षण अस्पताल मा प्रहरी निगरानीमा उपचाररत छन्।
पार्टीले पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै देशभर प्रदर्शन जारी राखेको छ भने बैठकबाट थप कडा आन्दोलनका कार्यक्रम आउन सक्ने संकेत गरिएको छ।


