काठमाडौं — सर्वोच्च अदालत मा उच्च अदालत पाटन का दुई न्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।
विद्यार्थी विवेक चौधरीले न्यायाधीश ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोला ले सर्वोच्चले स्थापित कानुनी सिद्धान्त बेवास्ता गरेको आरोप लगाएका छन्। मुद्दाको सुनुवाइ चैत १८ गतेका लागि तोकिएको छ।


