काठमाडौं, २२ चैत २०८२ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यौनजन्य दुर्व्यवहार निवारणसम्बन्धी आचारसंहिता, २०८२ जारी गरेको छ। कार्यस्थललाई सुरक्षित र हिंसारहित बनाउने उद्देश्यका साथ जारी गरिएको यस आचारसंहितामा यौनजन्य दुर्व्यवहारका घटनाहरूमा शून्य सहनशीलता नीति अघि सारिएको छ।
आचारसंहितामा कार्यस्थलमा यौनजन्य दुर्व्यवहारका विभिन्न प्रकारहरू, जस्तै अश्लील इशारा, तस्बिर वा अश्लील सन्देश पठाउने कार्यलाई यौन दुर्व्यवहार मानिएको छ। उजुरी परेको ७ दिनभित्र छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइनेछ।
मन्त्रालयले उजुरीकर्तालाई प्रतिशोध नलिने सुनिश्चितता समेत दिएको छ र कार्यालय प्रमुखलाई आचारसंहिता कार्यान्वयनको नेतृत्व दिने जिम्मेवारी तोकेको छ।


