अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को दाबीपछि इरान ले अमेरिकामाथि पूर्ण विश्वास गुमेको घोषणा गरेको छ। विदेशमन्त्री अब्बास अराघची ले नयाँ वार्ता र समझदारीमा विश्वास नरहेको स्पष्ट पारेका छन्।
ट्रम्पले दुई–तीन हप्ताभित्र तनाव अन्त्य हुने दाबी गरेपछि इरानले कडा प्रतिक्रिया दिँदै स्थल आक्रमणको तयारीमा रहेको र प्रतिकार गर्न सक्षम रहेको चेतावनी दिएको छ। यो अवस्थाले क्षेत्रीय सुरक्षा अझ जटिल बन्न सक्ने संकेत दिएको छ।


