Friday, June 05, 2026
Home > आर्थिक समाचार > पश्चिम एसियाको युद्धले नेपालमा हवाई भाडा दोब्बर वृद्धि

पश्चिम एसियाको युद्धले नेपालमा हवाई भाडा दोब्बर वृद्धि

काठमाडौं – पश्चिम एसियामा जारी युद्धको असर नेपालका आन्तरिक उडानमा परेको छ। हवाई इन्धनको मूल्य ९८% ले बढेपछि काठमाडौं–धनगढी रुटको फ्यूल सर चार्ज एकैपटक ५४८० रुपैयाँले बढेर ११ हजार ९० पुगेको छ।

बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार इन्धन मूल्य वृद्धिले सबै प्रमुख रुटमा भाडा बढाएको छ। नयाँ भाडा अनुसार केही रुटको फ्यूल सर चार्ज यसप्रकार छ:

पर्वतीय उडान: ८६१५

काठमाडौं–सुर्खेत: ८६५७

काठमाडौं–नेपालगन्ज: ८१८५

काठमाडौं–भद्रपुर: ७५४०

काठमाडौं–पोखरा: ३९८५

काठमाडौं–जनकपुर: ३२३०

काठमाडौं–भरतपुर: २६९०

काठमाडौं–विराटनगर: ६०२०

काठमाडौं–भैरहवा: ५१७०

काठमाडौं–सिमरा: २२६०

नेपाल आयल निगमले इन्धन मूल्य समायोजन नगर्दा घाटा व्यहोर्नुपरेको छ, जबकि मूल्य स्थिरीकरण कोषमार्फत उपभोक्तालाई केही राहत दिन खोजिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *