काठमाडौं — बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर २७७६ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै ओरालो लागेको दिन अधिकांश कम्पनीको सेयर मूल्य घट्यो।
उच्च गिरावटबीच पनि कारोबार रकम भने बढेर करिब १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा झन्डै १ अर्ब बढी हो।
२५५ कम्पनीको सेयर घट्दा मात्र १३ कम्पनीमा वृद्धि देखियो। सबै समूह राताम्मे हुँदा ‘अन्य’, व्यापार, विकास बैंक र फाइनान्स क्षेत्र बढी प्रभावित भए।
विश्लेषकका अनुसार लगानीकर्ताहरू “पर्ख र हेर” को अवस्थामा रहँदा बजारमा बिक्री चाप बढेको देखिन्छ।


