काठमाडौँ । साताको चौथो दिन पनि सेयर बजार घटेको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा झरेको हो।
दिनभर ३४६ कम्पनीको कारोबार हुँदा १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भए। कुल कारोबार रकम ४ अर्ब ९१ करोड रुपैयाँमा सीमित रह्यो।
बजारमा ९८ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ। सबैभन्दा बढी लाभ र घाटा विभिन्न ऊर्जा तथा विकास बैंक समूहका कम्पनीहरूमा देखिएको छ।


