काठमाडौं — नापी विभागले देशभरका कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्दै कडा निर्देशन दिएको छ।
अब कार्यालय प्रवेशका लागि कर्मचारी र सेवाग्राही दुवैले परिचयपत्र देखाउनुपर्नेछ। अनधिकृत व्यक्तिको प्रवेश रोक्न र सेवा पारदर्शी बनाउन यो व्यवस्था लागू गरिएको हो।
निर्देशन पालना नभए सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवार बनाइने चेतावनी पनि दिइएको छ।


