Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओली–लेखकको म्याद फेरि थप्ने तयारी

ओली–लेखकको म्याद फेरि थप्ने तयारी

काठमाडौं — प्रहरीले केपी शर्मा ओली र रमेश लेखक विरुद्धको अनुसन्धानका लागि दोस्रोपटक म्याद थप्ने तयारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पहिलोपटक थपिएको ५ दिनको म्याद सकिन लागेकाले आजै पुनः म्याद थपका लागि अदालतमा पेश गरिँदैछ। लेखकलाई अदालत उपस्थित गराइनेछ भने स्वास्थ्य समस्याका कारण ओलीलाई भर्चुअल रूपमा उपस्थित गराउने तयारी छ।

जेनजी प्रदर्शन दमनमा बल प्रयोग गर्न निर्देशन दिएको आरोपमा दुवै जना पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *